नेभिगेशन
जीवनयापन

यू–२० फुटबल टोली बहराइन प्रस्थान

काठमाडौँ– बहराइनमा सेप्टेम्बर १० देखि १८ तारिखसम्म आयोजना हुने एएफसी यू–२० एसियन कप फुटबल छनोट खेल्न नेपाली युवा टोली बिहिबार बहराइन प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार नै नेपाली टोलीको विदाइ गरेको थियो । छनोट खेलमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश रहेका छन् । समूह चरणको पहिलो खेलमा नेपालले भुटानसँग सेप्टेम्बर १० तारिख खेल्नेछ । यस्तै दोस्रो खेल कतारसँग १२, तेस्रो खेल आयोजक बहराइनसँग १४ र अन्तिम खेल बंगलादेशसँग सेप्टेम्बर १८ तारिख खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कप खेल्न पाउनेछ ।    
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै