Nic Ad Nic Ad
Nic Ad Nic Ad

किन झर्छ कपाल ? कसरी रोक्ने ?

शुक्रबार, मंसिर ९, २०७९
आजकल अधिकांश युवामा कपाल झर्ने समस्या देखा पर्न थालेको छ । उमेर नपुग्दै कपाल झर्ने समस्याका कारण धेरै युवामा चिन्ता बढ्दै गएको छ । पछिल्लो समय पुरुषको कपाल झर्ने समस्या बढेपछि कतै यो रोग वा कुनै संक्रमण पो हो कि भन्ने त्राससमेत हुन थालेको छ । तर ढुक्क हुनुहोस्, कपाल झर्नु आफैंमा रोग भने होइन । कपाल झर्ने मुख्य ५ कारण कपालको स्याहार नपुगेर विभिन्न तेल तथा जेल प्रयोग गरेर वंशानुगत कारण धुम्रपानलगायत नशाजन्य चिजको सेवन अत्याधिक चिन्ता यद्यपि सबै पुरुषमा भने कपाल झर्ने समस्या हुँदैन । खासमा पुरुषको कपाल झर्नुमा पुरुषको तालुमा हुने इन्जाइमले टेस्टोस्टेरोन हर्मोनलाई डिएचटीमा परिवर्तन गर्नु हो । यस्तोमा कपाल झर्न थाल्दछ । तालुमा हुने टेस्टोस्टेरोन हर्मोन तीब्र गतिमा बढ्न थालेपछि कालो र बाक्लो कपालसमेत विस्तारै झर्न सुरु गर्छ । अझ तनाव वा शरीरमा हुने हर्मोनमा गडबडीले समेत यो समस्या आउने गर्दछ । धुम्रपानमा हुने निकोटिनले रक्तनली खुम्च्याउने र शरीरमा अक्सिजनको मात्रा कम गर्नाले पनि कपाल झर्ने गर्दछ । कसरी रोक्ने ? यदि कोही युवामा वंशानुगत गुणका कारणले कपाल झर्दै गएको छ वा उमेर बढ्दै जाँदा वा हर्माेन परिवर्तनको कारणले कपाल झर्ने समस्या भए यो रोकथाम गर्न मुस्किल हुन्छ । तर अन्य अवस्थामा जस्तै हानिकारक खानपान, धूम्रपान, मद्यपानलगायतको सेवनबाट कपाल झर्ने समस्या भने मुख बारेमा पनि कम हुने गर्दछ । साथै मानसिक तनाव लिने, कपालमा रसायनयुक्त पदार्थको प्रयोग गर्नेलगायतको बानी सुधारेमा पनि कपाल झर्न रोकिन्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:११
प्रतिक्रिया दिनुहोस्