नेभिगेशन
जीवनयापन

जित हासिल गर्न चाहनुहुन्छ भने हरेक कुराको रेकर्ड राख्ने गर्नुस्

जब लेखक र प्रकाशकबीच कुनै पुस्तक लेख्ने कुरा पक्का हुन जान्छ, तब ती दुवै अनुबन्ध तयार गर्छन् । यसमा सबै कुरा स्पष्ट लेखिएको हुन्छ । यदि यसो गरिएन भने पछि दुवैले भुल्न सक्छन् । यसबाट पछि हुने धेरै कष्ट बच्न जान्छ । मानिलिनुस् लेखकले पाण्डुलिपी सुम्पिए पश्चात् प्रकाशक भन्छ तर यो पुस्तक केवल १०० पेजको छ, जब कि हामीबीच त शायद २०० पेजको कुरा भएको थियो । उसको गल्ती बुझाई हटाउनको लागि लेखकले उसलाई अनुबन्धमा लेखिएको त्यो वाक्य बताउन सक्छ, जहाँ १०० पेजको स्पष्ट उल्लेख छ । यदि तपाईंलाई बोसले कुनै काम गर्न भन्छ तथा तपाईं त्यसै समय उसको अगाडि उसको आदेशलाई लेख्नुहुन्छ भने उसले पछि यसबारेमा बहस गर्न सक्दैन । यदि तपाईंलाई कुनै रिपोर्ट पेश गर्नुपर्ने छ भने आफ्नो बोसकहाँ वास्तविक तथ्यको रुपरेखा भएको एक संक्षिप्त मेमो या नोट पठाउनुहोस् । ताकि पछि कुनै पनि प्रकारको मनमुटाव नहोस् । यसको एक प्रति आफूसित पनि राख्नुहोस् । उसलाई के बताउन नभुल्नुहोस् भने तपाईंले यसको १ प्रति सम्हालेर राख्नुभएको छ । यस विधिको उद्देश्य मनमुटाव नहोस् तथा सारा मुद्दा साफ होस् भन्ने हो । यदि सबै कुरा लेखिएको छ भने यसले तपाईंको काम ज्यादै सरल हुन जान्छ । लिखित मेमोको बारेमा कसले बहस गर्न सक्छ ? त्यसो त यसमा पन धोका दिन सक्छ, मेमोलाई पछि पनि लेख्न सकिन्छ, बदल्न सकिन्छ, सुधार्न सकिन्छ तर यस्तो नहुने सक्छ तथा त्यो विल्कुल सही छ । ज्यादै सानो सानो कुरामा पन कहिलेकाहीँ ठूलो बहस हुन सक्छ । यदि तपाईंसँग यसको रेकर्ड छैन भने । रेकर्ड राख्नु गलत कुरा होइन । यो त एक समझदारी भरिएको सावधानी हो । हामी केही कुरा भुल्छौँ । मिति, समय, विस्तृत विवरण । यो चाहे जे होस्, एक पटक हामी यसलाई उल्लेख ग¥यौँ भने हामी पछि यसको सन्दर्भ दिन सक्छौँ । हामीलाई के कुरामा हैरानी हुन सक्छ भने हामीलाई कुनै कुरा कति गलत याद थियो । साभारः ‘तपाईंको जित’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै