नेभिगेशन
जीवनयापन

थोमस जे. बरेलको सफलता

१९७१ मा अमेरिकामा पहिलो अश्वेत विज्ञापन एजेन्सी स्थापित गर्ने थोमस जे.बरेल बाल्यकालमा पढाइमा कमजोर थिए । हाइस्कुलमा गरिएको बुद्धि परीक्षणमा उनको प्रदर्शन एकदमै खराब थियो । उनलाई केवल दुई क्षेत्रमा योग्य पाइयो— कलात्मक योग्यता र मानिसहरुलाई प्रभावित पार्ने क्षमता । उनका शिक्षकले उनलाई विज्ञापन लेख्नलाई नै कार्यक्षेत्र अनि लक्ष्य बनाउने सुझाव दिए । त्यसबेलादेखि नै बरेलले विज्ञापन लेखनलाई आफ्नो लक्ष्य बनाए । १९६० मा बरेल पचास डलर प्रति हप्ताको तलबमा वेड एड्वर्टाइजिङ एजेन्सीको मेलरुपममा जागिर मिल्यो । तर बरेलको लक्ष्य विज्ञापन लेख्नु थियो । त्यसकारण एकदिन उनले हिम्मत गरेर डाइरेक्टरको कोठामा गएर आफूलाई विज्ञापन लेख्ने अवसर दिएमा कम्पनीलाई फाइदा हुने कुरा बताए । उनले डाइरेक्टरलाई आफूले लेखेको विज्ञापनको नमूना देखाए । डाइरेक्टर उनको विज्ञापनबाट प्रभावित भए त्यसपछि बरेल टेलिभिजन र पत्रपत्रिकाका लागि विज्ञापन तयार गर्न थाले । १९७१ मा उनले आफ्नै विज्ञापन एजेन्सी खोले । शुरुमा व्यवसाय मन्द नै रह्यो अनि ६ महिनापछि उनी टाट पल्टिने स्थितिमा पुगे । तर पनि उनले हार मानेनन् । १९७२ मा उनलाई एउटा ठूलो ग्राहक मिल्यो म्याक डोनाल्ड । यो सबै आफै भएको भने होइन । यसका लागि बरेललाई म्याक डोनाल्डको व्यवस्थापन सामु विज्ञापनमा अक्सर नजरअन्दाज गरिएका अफ्रिकी– अमेरिकी बजारतर्फ ध्यान दिन सुझाव दिए । त्यतिबेलादेखि बरेलले म्याकडोनाल्डका लागि सयौँ विज्ञापन बनाइसकेका छन् । यसबाहेक उनले कोकाकोला, फोर्ड मोटर कम्पनी, जोनसन एण्ड जोनसन, प्राक्टर एण्ड गैंबलजस्ता ठूला कम्पनीहरुका लागि पनि विज्ञापन बनाए । बरेलले उत्कृष्ट विज्ञापनका लागि क्लियो अवार्ड पाए, जुन विज्ञापनको क्षेत्रमा दुनियाँकै सर्वाेच्च पुरस्कार हो । साभारः ‘सफलता’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै