नेभिगेशन
जीवनयापन

सुजाक (लिङ्गमा खटिरा वा घाउ हुनु) को घरेलु उपचार विधि

१. जाइफल अथवा त्रिफलालाई पानीमा राखी हल्का पानीलाई तताई उक्त पानीमा लिङ्ग डुबाउनाले लिङ्ग पाक्न छाड्छ, सुजाक निको हुन्छ । २. एक चौथाई चम्चा फिटकिरीलाई चिसो पानीमा घोली लिङ्गमा भएको घाउमा लगाउनाले सुजाक ठिक हुन्छ । ३. बिहान–साँझ आधा आधा चम्चा फिटकीरी र हलेदो मिलाई तातो पानीसँग खानाले सुजाक निको हुन्छ । ४. हलेदोको धुलो र चन्दनको तेल मिलाई घाउमा लगाउनाले घाउ निको हुन्छ । ५. ताजा अमलाको रस निकाली उसमा पिसेको हलेदो र मह मिलाई पिउनाले सुजाक निको हुन्छ । ६. मिश्रीमा मह मिलाई खानाले सुजाक निको हुन्छ । ७. भन्टाको वीउमा नीमको पातको रस मिलाई खानु अत्यन्त लाभदायक हुन्छ । ८. काँचो केरालाई छिलेर रस निकाली महसँग मिलाई खानाले सुजाक निको हुन्छ । ९. बिल्वको पत्रको रस निकाली उसमा मिश्री मिलाई खानाले सुजाक निको हुन्छ । १०. सूर्यखुमीको फूलको वीउलाई पानीमा पिसी छानेर पिउनाले सुजाक निको हुन्छ । साभारः ‘मेरोे डाक्टर’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै