नेभिगेशन
जीवनयापन

राष्ट्रपतिद्वारा चार राजदूत नियुक्त

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा म्यानमारका लागि हरिचन्द्र घिमिरे, मलेसियाका लागि नेपालको आवासीय राजदूतमा डिल्लीराज पौडेल नियुक्त गरेको जानकारी दिए। यसैगरी, संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा। श्रीधर खत्रीलाई कोस्टारिकाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको छ। राष्ट्रपति कार्यालयल नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम यी चार राजदूत नियुक्त गरिएको जनाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै