बेलायती महारानी एलिजावेथ द्वितियाको निधन
लण्डन–ब्रिटेनमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानी एलिजाबेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन भएको छ । उनले ब्रिटेनमा ७० वर्षसम्म शासन गरिन् ।
बिहीबार उनको स्वास्थ्यलाई लिएर चिन्ता बढ्न थालेपछि उनको परिवार स्कटल्याण्डको उनको निवासमा भेला भएका थिए । बकिंघम प्यालेसले विज्ञप्तीमार्फत महारानीको निधन बालमोरालमा भएको जनाएको छ । एलिजाबेथ सन् १९५२ मा ब्रिटेनको महारानी भएकी थिइन् र उनको राजकाजको समयमा व्यापक सामाजिक बद्लाव भयो ।
उनको निधनपछि जेठो छोरा र वेल्सका पूर्व प्रिन्स चाल्र्स नयाँ सम्राट हुनेछन् र महारानीको निधन पछि देश र कमनवेल्थको १४ क्षेत्रमा शोक मनाइनेछ । चिकित्सकले महारानीलाई निगरानीमा राखेपछि महारानीका सबै सन्तान एबरडीन नजिकै बालमोरल पुगेका थिए । उनको नाति प्रिन्स विलियम त्यहीँ छन् भने सानो भाई ह्यारी बाटोमा छन् ।
राष्ट्रप्रमुखका रुपमा महारानी एलिजाबेथ द्वितीयको कार्यकालको समयमा ब्रिटेनले दोस्रो विश्वयुद्धपछिको मितव्ययिता, एक साम्राज्यलाई कमनवेल्थमा बदल्नु, शीत युद्धको अन्त्य र ब्रिटेन यूरोपीय संघमा सामेल हुनु र पुनः अलग भएको देख्यो ।
उनको कार्यकालमा ब्रिटेनले १५ प्रधानमन्त्री देख्यो । सबैभन्दा पहिला सन् १८७४ मा जन्मिएका विन्स्टन चर्चिल प्रधानमन्त्री बने, यसमा उनीभन्दा १०१ वर्षपछि सन् १९७५ मा जन्मिएकी लिज ट्रस पनि छिन् । जो यसै साता महारानीबाट नियुक्त भएकी थिइन् । आफ्नो कार्यकालका दौरान महारानी हरेक साता प्रधामन्त्रीसँग भेटघाट गरिरहन्थिन् ।
एलिजावेथको जन्म सन् १९२६ अप्रिल २१ मा लण्डनको मेयफेयरमा भएको थियो । उनको जन्मको नाम एलिजाबेथ एलेक्साण्ड्रा मेरी विन्सडर थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २१:३३
प्रतिक्रिया दिनुहोस्