Nic Ad Nic Ad
Nic Ad Nic Ad

महारानी एलिजावेथ द्वितीयको निधनः शोकमा डुब्यो बेलायत (तस्बिरहरु)

बुधबार, मंसिर ७, २०७९
एजेन्सी – बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएको छ। ९६ वर्षको उमेरमा बिहीबार उनको निधन भएको बिबिसीले जनाएको छ । बकिङ्घम प्यालेसले स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको पुष्टि गरेको छ । उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् । उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् । एलिजाबेथ द्वितीयको निधनसँगै संसारभरका जनताले ठाउँ–ठाउँमा फूल चढाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन्। केहीले आधा झण्डा झुकेको दरबारको तस्बिर खिचिरहेका छन्।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:३२
प्रतिक्रिया दिनुहोस्