नेभिगेशन
जीवनयापन

भीरबाट लडेर सोलुखुम्बुमा एक महिलाको मृत्यु

सोलुखुम्बु– सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ मा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर स्थानीय ४३ बर्षिया शान्ति कुलुङ कुलुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए । जङ्गलमा घाँस काट्न भनेर हिँडेकी राई अबेरसम्म पनि घर नफर्किएपछि आफन्तहरूले खोज्ने क्रममा महाकुलुङ १ कै वालिखा जङ्गलको भीरबाट लडेर मृत्यु भएको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ । शव भीरबाट करिब १५० मिटर तल खोँचमा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै