नेभिगेशन
जीवनयापन

जटिल गर्भपतन गराउनेको संख्या वर्षेनी बढ्दै

डडेल्धुरा– पछिल्ला वर्षहरुमा जटिल गर्भपतन गराउनेको संख्या बढ्दैगएको छ । गत आर्थिक वर्ष २०७८–७९ मा डडेल्धुरामा २६ जनाले जटिल गर्भपतन गराएको स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांक छ । आर्थिक वर्ष २०७७–७८ मा जटिल गर्भपतन गराउनेको संख्या १८ थियो । शुक्रबार डडेल्धुरामा आइपास नेपाल र सामुदायिक विकास मञ्च (सीडएफ) नेपालले आयोजना गरेको ‘स्थानीय सञ्चारकर्मीसँग यौन तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी छलफल’ स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर निरीक्षक भवानीसिंह कुँवरले एक वर्ष अन्तरमा ८ जनाले संख्या बृद्धि भएको बताए। डडेल्धुरामा गत आर्थिक वर्षमा १ हजार १५१ जनाले औषधिको प्रयोग गरी सुरक्षित गर्भपतन गराएका थिए । ७४ जनाले शल्यक्रियामार्फत सुरक्षित गर्भपतन गराएको परिवार नियोजन सुपरभाइजर निरीक्षक कुँवरले बताए । गत आर्थिक वर्षमा २० वर्ष मुनिका १७ महिलाले गर्भपतन सेवा लिनुभएको छ । डडेल्धुरामा गर्भपतन गराउने २२ वटा स्वास्थ्य संस्था सूचीकृत रहेका छन । तर २० वटा स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतनको सेवा दिइरहेको कुँवरले जानकारी दिए । सम्बन्धित महिलाको मञ्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ ऐच्छिक गर्भपतन गराउन सक्ने अधिकार कानूनमा उल्लेख छ । जबरजस्ती करणी, हाड नाता, विकलाङ्ग बच्चा जन्मिने सम्भावना लगायतका समस्या भएमा २८ हप्तासम्मको गर्भपतन नि:शुल्क गराउन पाउने अधिकार छ । नेपालजस्तो पितृसत्तात्मक सोच भएको देश भएकाले छोराको चाहना, गरिबी, अशिक्षा र अवैध सम्बन्धका कारण गर्भपतन गराउनेको संख्या वृद्धि भएको चिकित्सकको भनाई छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै