Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानमा बाढी पहिरोमा परि थप ३६ जना को मृत्यु भएको पुष्टि

बुधबार, मंसिर ७, २०७९

एजेन्सी – पाकिस्तानमा बाढी पहिरोका कारण पछिल्लो एक दिनमा थप ३६ जनाको मृत्यु भएको छ। पाकिस्तानमा पछिल्लो समयमा वर्षासँगै आएको बाढी पहिरोबाट दैनिक धनजनको क्षति भएको छ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले थप मृत्यु भएकामध्ये १५ जना बालबालिका र ६ जना महिला रहेको जनाएको छ। बाढी पहिरोबाट सबैभन्दा बढी दक्षिणी प्रान्त सिन्ध प्रभावित भएको छ। पछिल्लो एक दिनमा मृत्यु भएका ३६ मध्ये ३५ जना सिन्ध प्रान्तका रहेका छन्।

अर्का एक जनाको भने पाख्तुन्ख्वा प्रान्तमा मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पाकिस्तानमा पछिल्लो समयमा २६ हजार ६ सय ५२ घर क्षतिग्रस्त भएका छन्।

योसँगै कुल १७ लाख ३९ हजार १६६ घर क्षतिग्रस्त भएका छन्। १ हजार ३९१ जनाको बाढी पहिरोका कारण मृत्यु भएको प्राधिकरणले जनाएको छ। अरु १२ हजार ७ सय २२ जना घाइते भएका छन्। पाकिस्तानमा गत मध्य जुनमा शुरु भएको मनसुनसँगै आएको वर्षापछिको बाढी पहिरोले धेरै क्षति गरेको छ।

बाढी पहिरोबाट प्रभावित भएकामध्ये १ लाख ७७ हजार २ ६५ जनाको उद्धार गरिएको छ भने अरु ६ लाख ६३ हजार ८ सय ६९ जना अझै पनि विस्थापित भएर अस्थायी शिविरमै रहेका छन्।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:०७
प्रतिक्रिया दिनुहोस्