नेभिगेशन
जीवनयापन

आत्महत्या रोकथाम तथा न्युनिकरण अभियान सञ्चालन गरिँदै

विराटनगर– आत्महत्याका घटना बढ्न थालेपछि रोकथाम तथा न्युनिकरणका लागी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले अभियान सञ्चालन गर्ने भएको छ । कार्यालयद्वारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा १ नम्बर प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक डिआइजी सुदिप गिरीले भोलि शनिवारदेखि प्रदेश–१ का १४ वटै जिल्लामा एकैसाथ आत्महत्या रोकथाम सचेतना अभियान शुभारम्भ गर्न लागिएको जानकारी दिP । शनिवार बिहान प्रभात फेरीसहित अभियानको शुभारम्भ हुने जनाइएको छ । अभियान अन्तर्गत स्थानीय तह, टोल सुधार समिति, प्रहरी तथा विभिन्न सङ्घसंस्था बिच समन्वय गर्दै मानसिक रोगीहरूले आत्महत्या गर्ने गरेको पाइएको हुँदा त्यस्ता बिरामीलाई उपचारका लागी पठाउने, आत्महत्या समस्याको समाधान होइन समस्याको सुरुआत हो भन्ने कुरा बुझाउने, तनाव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्ने तथा आत्महत्या गर्न सक्ने लक्षण देखिएका मानिसलाई तत्काल मनो परामर्शको व्यवस्था मिलाउन पहल गर्ने लगायतका कार्य सञ्चालन गरिने प्रहरी नायव महा निरीक्षक गिरीले बताए । दिन प्रतिदिन आत्महत्याका घटना उल्लेखनीय रुपमा बढ्दै गएकाले अभियानलाई सफल बनाउन सञ्चारकर्मीलाई लगायत सबैलाई उgले आग्रह  गरे। वर्षभरि सञ्चालन हुने न्युनिकरण अभियानलाई प्रभावकारी र स्थानीय स्तरसम्म पुर्‍याउन पर्चा पम्पलेट, नाटक जस्ता कार्यक्रम सञ्चालन गर्दै प्रचारप्रसारलाई तीव्रता दिइने जनाइएको छ । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रदेश १ मा गत आर्थिक वर्षमा १४ सय ८९ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये पुरुष ९ सय २२, महिला ४ सय ४३, वालक ६२ तथा वालिका ६२ रहेका छन् । कार्यालयको तथ्याङ्क अनुसार गत पाँच वर्षमा प्रदेश १ मा ६ हजार ७ सय ३ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या ३ हजार ८ सय ९७, महिला २ हजार १ सय ५९, वालक ३ सय तथा वालिका ३ सय ४७ रहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै