नेभिगेशन
जीवनयापन

गठबन्धनकाे निर्णायक बैठक शनिबार ४ बजे बस्ने

काठमाडौँ– सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक शनिबार अपरान्ह ४ बजेसम्मका लागि स्थगित गरिएको हो । बालुवाटारमा गठबन्धनको बैठक आज ४ बजेसम्मका लागि स्थगित भएको हो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ । सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाइसकेका छ । बैठकबाट शीर्ष नेताले सिट बाँडफाँट गरी टुंगो लगाउने बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै