नेभिगेशन
जीवनयापन

वरिष्ठ पत्रकार दाहालसहित पाँच पत्रकार सम्मानित

काठमाडौँ– पूर्वराष्ट्रपति डा रामवरण यादवद्वारा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल सम्मानित भएका छन्। पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता तीर्थराम डंगोलले धर्मपत्नी तेजमाया डंगोलको नाममा स्थापना गरेको तेज–तीर्थ ट्रष्टद्वारा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विचारको स्वतन्त्रता, मानवअधिकार, शान्ति र लोकतन्त्रका लागि अनवरतरुपमा कलम चलाउँदै आएका दाहाललाई एक लाख रुपियाँ राशिसहित सम्मान गरिएको हो। यसैगरी, वरिष्ठ पत्रकार कविर राणा, युवा पत्रकार राधिका बुढाथाकी र नेवारी भाषा तथा साहित्यमा योगदान पुराउँदै आएका काशीनाथ तमोट र श्रीमती प्रकाश प्रधानांगलाई जनही ५० हजार रुपियाँ नगदसहित सम्मान गरिएको छ। कार्यक्रममा सम्बोधन गर्नुहुँदै पूर्वराष्ट्रपति डा यादवले संघीय लोकतान्त्रिक गणतन्त्र सामान्य संघर्षबाट नआएको स्मरण गरे। उनले वर्तमान संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्न नसके के हुन सक्छ भन्ने प्रश्न गरे। १०९ औं बीपी जयन्तीको सन्दर्भमा उहाँले बीपीको आदर्शलाई राजनीतिक दलहरुले बुझ्न जरुरी रहेको भनाइ राखे। कार्यक्रममा ट्रष्टका अध्यक्ष डंगोलसहित कांग्रेस नेता भीमसेनदास प्रधानले मन्तव्य राखे। यसैगरी, सम्मानित हुने वरिष्ठ पत्रकार राणा र तमोटले पनि वक्तव्य राखेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै