नेभिगेशन
जीवनयापन

दुर्गा ढकालको अक्षरको पराकम्पन बजारमा

काठमाडौं – दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको पराकम्पन’ विमोचन गरिएको छ । राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक हालै राजधानीमा लोकार्पण गरिएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा एक समारोहको आयोजनमा उक्त कवितासंग्रह विमोचन गरिएको हो । पुस्तकको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्रा.डा रमेश भट्टराई, प्राडा.सुरेन्द्र केसी, साहित्यकार युवराज नयाँघरेले संयुक्त रुपमा लोकार्पण गरेका गरेका थिए । १४ वर्ष विदेशी भुमिमा बसेर नेपाली साहित्यलाई माया गरेर कविता संग्रह ल्याउनु आफैमा सुन्दर कार्य रहेको कार्यक्रममा उपस्थित वक्ताहरूले बताए । कुलपति गंगाप्रसाद उप्रेतीले ‘कविता एउटा विचार हो’ भन्दै जो जहाँ गएपनि मानिसले आफ्नो भुगोल, संस्कार, संस्कृतिको माया गर्ने बताए । उनले कुनै पनि घटनाले मानिसलाई संवेदनशील बनाउने र तिनै भावनाका तेन्द्राहरु कलममा जागृत हुने उनको भनाइ थियो। यस्तै साहित्यकार युवराज नयाँघरेले कविता लेखन सामान्य कुरा नभइ आफैमा दुष्सहास भएको र लेखिका ढकालले आफ्ना भावना पुस्तककमा पोख्न सकेकोमा खुसी व्यक्त गरे । सामाजिक अभियन्ता समेत रहेकी लेखिका ढकालले लामो समयसम्म विदेशी भूमिमा बस्दा पीडा धेरै हुने भन्दै कविता सजिलै सिर्जना नहुने बताइन् । लेखिका ढकाल विगत १५ वर्षदेखि युकेमा परिवारसहित बस्दै आएकी छिन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै