नोट चल्ने, भोट नचल्ने ? (तस्वीरहरु)
काठमाडौं–संसदीय चुनाब नजिकिएसँगै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले पनि अनलाइनबाट भोट दिन पाउनु पर्ने युवाहरुले माग गरेका छन् । आज राजधानीमा स्वतन्त्र युवाहरुले सरकार सामु वैदेशिक रोजगारमा रहेका नागरिकले पनि अनलाइनमार्फत भोट दिन पाउनु पर्छ भन्दै प्रस्ताब गरेका छन् ।
युवाहरुले विदेशी नोट चल्ने तर भोट नचल्ने भन्दै सरकारसामु प्रश्न गरेका छन।
देशमा भइरहेको भ्रस्टाचार, बेथितिविरुद्द आवाज उठाउदै उनीहरुले विरोध प्रदर्शन गरेका छन। स्वतन्त्र नागरिक समूह नेपालको आयोजना रहेको कार्यक्रममा संयोजक पुर्व ए आइजी रणबहादुर चण्द, स्वतन्त्र युवा समूह ,नेपाल गांजा बैधानिक महाअभियान दैलेखको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा समृद्धि र सुशासनका लागि पैदल यात्रा ,नोट् चल्ने भोट नचल्ने ? विदेशमा रहेका नेपालीहरुलाई भोट हाल्ने ब्यबस्था गर, खर्चिलो निर्वाचन प्रणाली अन्त्य गर, मतदान परिचय पत्र नभएकालाई नागरिकताबाट मत हाल्ने व्यवस्था गर जस्ता नाराहरु थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:०२
प्रतिक्रिया दिनुहोस्