नेभिगेशन
जीवनयापन

धादिङ अस्पतालमा आकस्मिक सेवा विस्तार

धादिङबेसी–दिनहुँ बिरामीको चाप बढेसँगै धादिङ अस्पतालले आकस्मिक कक्षको सेवा विस्तार गरेको छ । तीन शय्या क्षमताको आकस्मिक कक्षलाई शनिबारबाट १२ शय्यामा विस्तार गरिएको हो । आकस्मिक कक्ष सञ्चालन हुँदै आएका साना–साना कोठालाई पुनःनिर्माण गरेर एउटै कोठाबाट १२ शय्याको सुविधासम्पन्न आकस्मिक कक्ष सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए । डा दिनेश रेग्मीलाई आकस्मिक शाखाको जिम्मेवारी तोकी दुई चिकित्सकर, मेडिकल अधिकृत र स्टाफ नर्सहरूले २४सै घण्टा सेवा उपलब्ध गराउने पनि अध्यक्ष धमलाले बताए । हाल अस्पतालमा बिरामीको चाप पनि अत्यधिक छ । ५० शय्या क्षमताको धादिङ अस्पतालमा अहिले ७५ बिरामी उपचाररत छन् । आकस्मिक कक्षमा दैनिक ४० जनाको हाराहारीमा बिरामी आइपुग्ने गरेका छन् । दुर्घटनाका बिरामी, भाइरल ज्वरोलगायतका बिरामी धेरैजसो आकस्मिक कक्षमा आउने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै