Nic Ad Nic Ad
Nic Ad Nic Ad

निशान भट्टराई र किसु थापाको'म त तिम्रै हुँ' बोलको गीत सार्वजनिक

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– गायक निशान भट्टराई र किसु थापाको स्वरमा ‘म त तिम्रै हुँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीत गायक भट्टराईको अफिसियल युट्युब च्यानल निशान भट्टराईबाट सार्वजनिक गरिएको हो । गायक तथा सङ्गीतकार विकास पाण्डेको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा युवराज केसरी, रितु चौधरीको अभिनय रहेको छ । गीतको भिडियोमा निर्देशन, छायाङ्कन र सम्पादन विकास गुरुङले गरेका हुन् । गीतमा एरेन्ज अभि अमृत ल्वागन र एनएस आर्याको रहेको छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:४९
प्रतिक्रिया दिनुहोस्