Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी राष्ट्रपति बाइडेन महारानी एलिजावेथको अन्त्येष्टिमा सहभागी हुने

बुधबार, मंसिर ७, २०७९
वासिङटन– अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलाइतकी महारानी एलिजावेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी हुने घोषणा गरेका हुन् । बेलाइतका राजा चार्ल्स तृतीयसँग आफूले हालसम्म कुराकानी नगरेको उनले बताए । “ म उहाँलाई चिन्छु तर उहाँसँग कुरा गरेको छैन । मैले उहाँलाई अहिलेसम्म फोन पनि गरेको छैन,” ओहायोको कोलम्बामा एयर फोर्स वानमा सवार हुनुअघि उनले पत्रकारहरूसँग भने । राष्ट्रपतिसँग औपचारिक प्रतिनिधिमण्डल पनि लण्डन जाने सम्भावना रहेको अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको छ । शुक्रबार राष्ट्रपतिले आफ्नी अर्धाङ्गिनी जिल बाइडेनका साथ यहाँ स्थित ब्रिटिस दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए। रासस/एएनआई
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:४२
प्रतिक्रिया दिनुहोस्