नेभिगेशन
जीवनयापन

माओवादीप्रति जनताको आशा धेरै छः मन्त्री पौडेल

पोखरा– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी पार्टीप्रति जनताले धेरै आशा गरेको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्की समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले माओवादीप्रति जनताको आशा धेरै रहेको बताए । मन्त्री पौडेलले सङ्घीयता, धर्मनिरपेक्षता, संविधान सभाबाट संविधान जस्ता उपलब्धि माओवादीले ल्याएको बताउँदै प्रचार नगर्दा अर्कैले फाइदा उठाएको बताए । मन्त्री पौडेलले भने, “संविधानसभाबाट संविधान, सङ्घीयता, गणतन्त्र माओवादी आन्दोलनका उपलब्धि हुन् । माओवादीको बाटोमा अरू सबै दल आएका हुन् । यति थुप्रै उपलब्धि प्राप्त गर्दा पनि माओवादीले प्रचार गर्न जानेन अरूले पिठो बिकाए, हामीले चामल बिकाउन सकेनौँ ।” मन्त्री पौडेलले माओवादीका एजेन्डालाई संस्थागत गर्न माओवादी निकट पत्रकारहरूलाई आक्रामक ढंगले प्रचारमा लाग्न निर्देशन दिए । उहाँले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले उपलब्धिलाई र गर्न हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै