नेभिगेशन
जीवनयापन

अहिलेको गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य नै छैन् : ईश्वर पोखरेल

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य नै नभएको बताएका छन् । एमाले मोरङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले गठबन्धन एमालेको बिरोध गर्न मात्रै भएको र यसको कुनै सिद्धान्त र गन्तव्य नै नभएको बताएका हुन् । उनले आगामी निर्वाचनमा गठबन्धनको सवै षडयन्त्रलाई चिर्दै एमालेले बहुमति ल्याउने दावी पनि गरे। अहिलेको तथ्यले प्रतिनिधि सभा र प्रदेश सभामा बहुमत ल्याउने देखिएको उनकोे भनाई छ । त्यस्तै पोखरेलले अहिले आवश्यकता अनुसार केहि स्थानमा केहि दलहरुसंग चूनावी तालमेल हुन सक्ने तर गठबन्धन नै बनाएर अघि नबढ्ने धारणा राखे । पोखरेलले नेपालको स्वाभिमानमाथि कसैले गलत नजर लगाउन नसक्ने कुरा एमालेले नै स्थापित गरेको जिकिर गरे । . पोखरेलले यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेद्वार चयन लगाएका बिषयमा देखिएको कमीकमजोरीलाई यसपटक एमालेले सुधार गरेर लैजाने धारणा राखे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै