Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल टी–२० लिगको मार्की खेलाडी सार्वजनिक

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– नेपाल टी–२० क्रिकेट लिगको मार्की खेलाडी घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार लिगमा सहभागी ६ वटै टोलीको मार्की खेलाडीको नाम सार्वजनिक गरेको हो । असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुर स्थित त्रिवि मैदानमा आयोजना हुने लिगमा काठमाडौंको कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्दैछन् । जसमा कान्तिपुरले मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीले दीपेन्द्रसिंह ऐरी, विराटनगरले रोहित पौडेल, जनकपुरले सोमपाल कामी, पोखराले आसिफ शेख र फारवेस्टले करण केसीलाई चयन गरेको छ । मार्की खेलाडीको अनुबन्ध रकम १५ लाख रुपियाँ रहेको छ । यसैगरी पोखराले श्रेणी ‘ए’ मा रहेका शरद भेषवाकरलाई पनि मार्की खेलाडी सरह १५ लाख रुपियाँमा अनुबन्ध गरेको छ । क्यानले नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट लिग आयोजनाको अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको छ । यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि मान्यता दिईसकेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार