नेभिगेशन
जीवनयापन

करेन्ट लागेर मेलम्चीमा एक जनाको मृत्यु

सिन्धुपाल्चोक– करेन्ट लागेर मेलम्चीमा एक जनाको मृत्यु भएको छ । मेलम्ची- १३ फट्कशिलामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा डिओ फुटेर करेन्ट लाग्दा नेपाल विद्युत् प्राधिकरण मेलम्ची हेलम्बु वितरण केन्द्रका कर्मचारी ईश्वर गुरागाईँको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिए । करेन्ट लागेर उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उनको उपचार क्रममा दिउसो ३:०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । काभ्रेपलाञ्चोक जिल्लाका ३९ बर्षीय गुरागाईँ प्राधिकरणमा ज्यालादारीमा काम गर्ने गर्दथे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै