नेभिगेशन
जीवनयापन

जीत हासिल गर्न जो अगाडि छ, उसको अनुशरण गर्नुस्

अब तपाईंले सबै कुरालाई जम्मा गर्नुभएको छ ? तपाईंले अगाडिको मानिसको अनुशरण गर्नुपर्छ । तपाईंले आफूले चाहेअनुसार बन्ने प्रयत्न गर्नुपर्छ । यो वास्तवमा नाटक होइन, बरु प्रशिक्षण हो । यदि तपाईंले अगाडिको मानिसको अनुशरण गर्न सक्नुहुन्न भने मन्चबाट ओर्लिनुस् । यो नियम नाटकबाजको लागि होइन । यो त वास्तवमै मेहनेती, गुणी, नैसर्गिक प्रतिभाको धनीको लागि हो । जो मेहनत गर्न तथा लामो समयसम्म मेहनत गर्नको लागि तयार हुन्छ । त्यस पदको अध्ययन गर्नुहोस्, जहाँसम्म तपाईं पुग्न चाहनुहुन्छ । त्यसमा अहिले को छन् ? तपाईंले ती व्यक्तिको बारेमा सोच्ने बानी गर्नुस्, जो तपाईंको पदमा पहिले नै रहिसकेका छन् । उनले त्यसलाई कसरी सम्हालिसकेका छन् ? आफूभन्दा वरिष्ठ व्यक्तिको मूल्यांकन गर्न सिक्नुहोस्, त्यसै प्रकारले जसप्रकारले उनले तपाईंको मूल्यांकन गर्दछन् । तपाईंको बोसले कसरी काम गर्दछन् । यसबारेमा गुनासो या आलोचना उठाउनुहोस् । ध्यान दिनुहोस् कि उनले कहाँ गल्ती गरेका छन् । तपाईंले त्यस्तो गल्ती नगर्ने सपथ लिनुस् । उनले कुन–कुन राम्रो तरिकाले गर्दछन् । त्यसमा ध्यान दिनुहोस् । तुरुन्त उनको स्मार्ट पाइलाको अभ्यास शुरु गरिदिनुहोस् । यदि तपाईं उनको ठाउँमा पुग्न चाहनुहुन्छ भने तपाईंसँग सही तौर–तरिका, सही कोड, सही बोल्ने तरिका, काम गर्ने सही तरिका, सही प्रतिक्रिया तथा सही दृष्टि हुनुपर्दछ । तपाईंलाई यी सबै तब प्राप्त हुन्छन्, जब तपाईंले यी चार योजना अनुशरण गर्नको लागि थोरै समय निकाल्नुहुन्छ । हेर्न सिक्न अभ्यास गर्न आत्मसात गर्न यदि तपाईं यी चार काम गर्नका लागि तयार हुनुहुन्छ भने तपाईं साँच्चै नै उड्न थाल्नुहुन्छ । तपाईंले यी सब तपाईंले के गरिरहनुभएको छ भन्ने कसैलाई थाहा हुँदैन । साथै तपाईंले आफ्नो दैनिक कार्यलाई पनि सही रुपले गर्नुपर्छ । याद राख्नुहोस् यो कार्य त्यति सहज भने पक्कै पनि छैन । साभारः ‘तपाईंको जीत’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै