नेभिगेशन
जीवनयापन

टेड टर्नरको सफलता

केवलका गडफादर सीएनएनका संस्थापक र ३ अर्ब डलरभन्दा धेरै सम्पत्तिका मालिक टेड टर्नर पहिला एक सेल्सम्यान थिए । बाल्यकालमा टर्नरलार्ई उनका पिताले अक्सर पिट्ने गर्थे । उनको पढाइ बोर्डिङ स्कुलमा भएको थियो । त्यहाँ उनले स्वतन्त्र निर्णय लिने र जोखिम लिने त्यो बानी बसाले जसकारण उनी पछि गएर सफल भए । सीएनएन शुरु गर्नुअघि उनलाई न्यूज च्यानलबारे अलिकति पनि जानकारी थिएन । उनी भन्थे, ‘त्यो समयसम्म मैले आफ्नो पूरै जिन्दगीमा सय घण्टाभन्दा धेरै समाचार हेरेको थिइनँ ।’ तर पनि उनले यो च्यानल शुरु गर्नका लागि आफ्ना सम्पूर्ण सम्पत्ति धितो राखेर उनले सीएनएन शुरु गरे । यो साह्रै ठूलो जोखिम थियो, किनभने उनी सफल नभएको खण्डमा सिधै फूटपाथमा पुग्थे । सबै सञ्चारमाध्यमहरुले सीएनएन असफल हुने भविष्यवाणी गरेका थिए । उनको एकाउन्टेन्ट पनि कम्पनी छोडेर गए किनभने उसलाई टर्नरको यो काम मूर्खतापूर्ण लाग्यो र टर्नरले सबैथोक गुमाउँछन् भन्ने लाग्यो । शुरुको १८ महिना त यस्तो लाग्यो कि विशेषज्ञको भविष्यवाणी सही साबित हुन्छन् किनभने सीएनएन मासिक २० लाख डलरको घाटामा चलिरहेको थियो । तर पनि टर्नरले हिम्मत गरेनन् । संघर्षको परिस्थिति बितेर गयो । खाडी युद्ध पछि सीएनएन नै सबैभन्दा विश्वसनीय न्यूज च्यानल बन्यो किनभने सद्दाम हुसेनले पश्चिमसँग वार्ता गर्नका लागि यसैलाई रोजे । टेड टर्नरले संसारलाई इलेक्ट्रोनिक ग्लोवल भिलेज बनाउनुपर्ने आवश्यकतालाई पहिचान गरे । अरुसँग न त यति दूरदृष्टि थियो न त ठूलो जोखिम लिने हिम्मत नै । साभारः ‘सफलता’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै