माल्दिभ्सलाई ९-० ले हराउँदै साविक विजेता भारत सेमिफाइनलमा
काठमाडौँ– साविक विजेता भारत छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा माल्दिभ्सलाई ९–० गोल अन्तरले हराउँदै भारतले अन्तिम चारको यात्रा तय गरेको हो ।
भारतलाई जित दिलाउन अन्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै डाङमेई ग्रेसले दुई गोल गर्दा प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक एक गोल गरिन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०२
प्रतिक्रिया दिनुहोस्