नेभिगेशन
जीवनयापन

दुश्मनको सेवाः प्रेरक प्रसङ्ग

त्यो बेलामा अमेरिकामा दास प्रथाको चलन थियो । एउटा धनी मानिसले बेन्कर नामको मेहनती दास किने । उनी बेन्करको गुणबाट सन्तुष्ट थिए । एकदिन बेन्कर आफ्नो मालिकसँगै त्यो स्थानमा गयो, जहाँ मानिसहरु जनावर जसरी बिक्थे । तब बेन्करले एउटा बूढो दासलाई किन्न भन्यो । उसको आग्रहमा मालिकले त्यो दास किनेर घरमा लिएर आए । बेन्कर प्रसन्न थियो । ऊ त्यो बूढो दासको खूब सेवा गथ्र्याे । मालिकले एकदिन यस बारेमा सोधे, तब बेन्करले भन्यो, ‘यो दास मेरो कुनै नातेदार हैन, न साथी नै हो । बरु मेरो सबैभन्दा ठूलो शत्रु हो । बाल्यकालमा यसैले मलाई दासको रुपमा बेचेको थियो । पछि आफै समातियो र दास बनायो । मैले उसलाई एकदिन बजारमा चिने । मेरी आमाले मलाई भन्नुभएको थियो, यदि शत्रु नाङ्गो छ भने उसलाई लुगा देऊ, भोको छ भने खाना खुवाऊ, प्यासी छ भने पानी पिलाऊ, यसै कारणले म उसको सेवा गर्छु र आफ्नी आमाले दिएको शिक्षामा हिँड्छु ।’ यो सुनेर मालिकले बेन्करलाई अँगालो हाले र उसलाई स्वतन्त्र गरिदिए । साभार: ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै