नेभिगेशन
जीवनयापन

सत्ता गठबन्धनको शनिबार बसेको बैठक पनि निष्कर्षविहीन

काठमाडाैँ– सत्ता गठबन्धनको शनिबार बसेको बैठक पनि निष्कर्षविहीन बनेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँट गर्ने प्रयास स्वरुप गठबन्धनमा निरन्तर छलफल हुँदै आएको छ । कार्यदलको प्रतिवेदन समेतको आधारमा छलफललाई तिव्रता दिइएको भएपनि सहमति भने जुट्न नसकेको हो । बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले छलफल जारी रहेको र सहमतिको नजिक पुगिएको दाबी गरे । ‘छलफल जारी छ । हामी सहमतिको धेरै नजिक पुगिसकेका छौँ । अब यसलाई व्यवस्थित रुपमा सार्वजनिक मात्रै गर्न बाँकी छ’, उनले भने, ‘भोलि पनि बैठक जारी रहनेछ । चाँडैनै टुंगो लाग्छ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु ।’ उनले गठबन्धनभित्र कुनै समस्या नरहेको र सहमतिकै आधारमा सिट बाँडफाँट टुंगो लगाइने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै