Nic Ad Nic Ad
Nic Ad Nic Ad

पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प

बुधबार, मंसिर ७, २०७९
पपुवा न्यु गिनी– पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७।६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने यूएसजीएसलले चेतावनी दिएको छ । भूकम्पले ठूलो क्षति पु–याएको अनुमान गरिएको छ । भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा ६१ किलोमिटर ९३८ माइल० को गहिराईमा गएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:४१
प्रतिक्रिया दिनुहोस्