नेभिगेशन
जीवनयापन

चितुवासँगको भिडन्तमा बाँच्न सफल भएका कुवँर 

गुल्मी– कुखुरा खान खोरमा पसेको चितुवासँग अचानक भिडन्त हुँदा रेसुङ्गा नगरपालिका ६ निन्नुचौरका यम बहादुर कुवँर घाइते भएका छन् भने चितुवाको मृत्यु भएको छ । आइतबार बिहान एक्कासी ब्याबसायिक रुपमा पालेका कुखुरा खोरमा चितुवा देखेर धपाउन खोज्दा उल्टै आफुमा चितुवा आइलागेको घाइते कुँवर बताए । घाइते कुवँर भन्छन्– म बिहानै पसल जान थालेको थिएँ एक्कासि कुखुराको खोरमा बाघ देखेँ र आत्तिदै भाइ र छिमेकीलाई खबर त गरे त्यही मौकामा मलाई उसले एक्कासि आक्रमण गर्यो । व्यवसायिक रुपमा पालेका कुखुरा खोरमा पसेको चितुवा धपाउने क्रममा कुँवरमाथी चितुवा आइलागेपछी केही समय झडप नै भएको थियो । झडपको क्रममा चितुवाको मृत्यु भएको छ । घाइते कुँवरको गुल्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते भएका कुँवरका शरीरभरी चितुवाले चिथरेका घाउ र रगत छ । घाइते युवाको अवस्था सामान्य रहेको छ । चितुवाले खोरमा पसेर कुँवरले पालेका साना ठुला गरि २ सय ४९ कुखुरा मारेको छ । घटना स्थलमा प्रहरी तथा बन कार्यालय गुल्मीको टोली पुगेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै