नेभिगेशन
जीवनयापन

अभियोग झन् प्रमाणित हुने गरी प्रस्तुत भए चोलेन्द्र

काठमाडौँ– निलम्बलित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफूमाथि लागेका अभियोग प्रमाणित हुने गरी प्रस्तुत भएका छन्। प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठकमा आइतबार चौथो दिन बयान दिँदै जबराले आफूमाथि लागेको अभियोग प्रमाणित हुने गरी बयान दिएको कांग्रेस सचेतक मीन विश्वकर्माले जानकारी दिए। ‘आज पनि बयानका क्रममा उनले आफूमाथि लागेका अभियोग प्रमाणित हुने गरी बयान दिनुभएको छ’, विश्वकर्माले भने। यस्तै जबराले आफ्ना समकक्षी न्यायाधीशहरूमाथि पनि विभिन्न आक्षेप लाग्ने खालका बयान दिएका छन्। आइतबारको प्रश्न अदालतमा भएका भ्रष्टाचारमा केन्द्रित रहेको विश्वकर्माको भनाइ छ। जबराले सर्वोच्च अदालतको नयाँ भवन निर्माणका क्रममा रजिस्टारले सदर गर्नुपर्नेमा आफूले कार्यालय प्रमुख भनेर हस्ताक्षर गरेको बयान दिएका थिए। यसअघि तीन दिन लिइएको बयानमा उनीसँग ११ वटा प्रश्न सोधिएको थियो। उनले बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य नै सकिएको दाबी गर्दै आएका छन्। जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो। बाँकी सबै प्रश्नको जवाफ आजै लिने र पुरक प्रश्नहरू नसोध्ने बताइएको छ। गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। महाअभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका हुन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै