थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौँ– नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ५ सय ९२ पिसिआर परिक्षणका क्रममा ८९ जना र १ हजार ९ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय १ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ३ सय १६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:३७
प्रतिक्रिया दिनुहोस्