नेभिगेशन
जीवनयापन

तातोपानी नाका चाँडै खुल्ला हुन्छ : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसंगको तातोपानी नाकालाई सहज रुपमा खुल्ला गर्न आफुले निरन्तर चिनिया अधिकारीसंग छलफल गरिरहेको बताएका छन् । . आइतबार कांग्रेस नेता मोहन बहादुर बस्नेतसहित व्यवसायीहरुको टोलीसंगको छलफलका क्रममा मन्त्री खड्काले उक्त नाकालाइ सहज रुपमा सञ्चालनका लागि आफुले पटक पटक चिनिया अधिकारीसंग छलफल गरेको बताएका छन् । उनले चीनबाट सामान ल्याउनका लागि उक्त नाका सहज भएपनि पछिल्लो समय देखिएको बिभिन्न समस्याका बारेमा सरकार जानकार रहेको जिकिर गरे । तिब्बतको कोरोनाको उच्च संक्रमण रहेकाले पनि नाका खुल्ला गर्नका लागि आनाकानी भएको देखिएपछि चाडपर्वका बेला सामान आयात गर्नका लागि पनि सरकारले पटक पटक ध्यानाकर्षण गराइएको उनले बताए । उनले आपूर्ति सहज गर्नका लागि आफु प्रयत्नरत रहने र सकारात्मक नतिजा निस्कने उल्लेख गरे । सो क्रममा व्यवसायीहरुले बिनासकारी भूकम्पअघिको अवस्थामा तातोपानी नाकालाई सञ्चालनका लािग राज्यले गम्भीर भएर चीनसंग वार्ता गर्नुपर्ने बताएका थिए । यसअघि शनिबार केहि कन्टेनरहरु सो नाका हुँदै नेपाल भित्रिएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै