Nic Ad Nic Ad
Nic Ad Nic Ad

भदौ २९ गते दिगो पूर्वाधार लगानी सम्मेलनको आयोजना हुने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– नेपालमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले लगानी बोर्डले यही भदौ २९ गते काठमाडौँमा दिगो पूर्वाधार लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । सम्मेलनको क्रममा हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने सम्बन्धमा पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । लगानीकर्ता नीजि क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैक तथा वित्तीय संस्था र विज्ञहरू सहभागी हुने सम्मेलनमा लगानीको सार्वजनिक नीजि साझेदारी अवधारणा पिपिपि मोडेल, परियोजना बैक, परियोजना विकासका सन्दर्भमा गरिने विकास समझदारी पत्र तथा सम्झौता, परियोजना विकासको अवधारण लगायतका विषयमा छलफल गरिने गानी बोर्डले जनाएको छ । बोर्डले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ठूला विकासका पूर्वाधारहरूमा विदेशी लगानी भित्र्याउने, त्यसका लागि लगानीकर्ताहरूको अपेक्षा, हाल नेपालमा रहेको लगानीको अवसरको बारेमा विभिन्न विज्ञहरूले कार्यपत्र प्रस्तुत गरी छलफल गरिने बताए । सम्मेलनमा नेपाल सहित विभिन्न मुलुकका गरी ५ सय जना सहभागी हुने र त्यसमध्ये १ सय जना विदेशीहरू सहभागी हुने लगानी बोर्डका सहायक प्रवक्ता रमेश घिमिरेले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२३
प्रतिक्रिया दिनुहोस्