नेभिगेशन
जीवनयापन

साहस, ठूलो लक्ष्य र दैनिक कडा परिश्रमले सफल बनेका ब्रुस ली

प्रायः मान्छेका लागि शिक्षा घाँडो भइरहेको छ । विद्रोह गर्ने तागत भएकाहरू यो घाँडोलाई चुँडालेर अघि बढ्छन् भने कमजोरहरू घाँडोसहित गाईगोरुको नियती भोग्न बाध्य हुन्छन् । ब्रुस ली विद्रोही थिए, त्यसैले उनले फिटिक्कै पढ्न मानेनन् । उनले सानै उमेरमा आफ्नो लक्ष्य ठम्याइसकेका थिए—एक महान् मार्शल आर्टस्को ज्ञाता बन्ने । यो लक्ष्य हासिल गरिसकेपछि उनले महान् कलाकार बन्ने अर्काे सपना बोकी ११५ डलर बोकेर हङकङबाट संयुक्त राज्य अमेरिका छिरे । अमेरिकामा उनले दिनको बीस घण्टा परिश्रम गर्दै अन्नतः आफ्नो सपना साकार गरी छाडे । ब्रुस ली त्यति चाँडो सफल हुनुको पछाडि उनको नकारात्मक कुरोसँग बच्ने तरिकाको ठूलो भूमिका रह्यो । जब–जब आफूलाई कमजोर पार्ने विचार आउँछ, उनी त्यस विचारलाई कागजमा लेखेर जलाएको कल्पना गरी तत्काल नकारात्मक कुरामाथि विजय पाउँथे । साभारः ‘नव सफलता शास्त्रा’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै