नेभिगेशन
जीवनयापन

समानुपातिकको बन्दसूची बुझाउन दलहरुलाई असोज २ र ३ गतेको समय

काठमाडौँ– निर्वाचन आयोगले मंसिर ४ गतेको चुनावका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउन दलहरुलाई असोज २ र ३ गतेको समय प्रदान गरेको छ। आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम निर्वाचन समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशित गरिसकेको जनाएको छ । उक्त कार्यक्रम बमोजिम राजनीतिक दलहरुलाई बन्दसूची पेश गर्न असोज २ देखि ३ गतेसम्म समय दिइएको हो । यस्तै उम्मेदवारको बन्दसूची छानबिन गरी आवश्यकता अनुसार सच्याउन दललाई सूचित गर्न असोज ४ देखि ९ गतेसम्मको समय दिइएको छ । सो बमोजिम राजनीतिक दलहरुले उम्मेदवारको बन्द सूची संशोधन गरी पेश गर्न असोज १० देखि १६ गतेसम्मको अवधि निर्धारण गरिएको आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दलहरुले कानूनी व्यवस्था बमोजिमको सङ्ख्यामा समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्रतिनिधित्व हुने गरी उम्मेदवारको बन्दसूची पेश गर्नुपर्ने पनि आयोगले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै