नेभिगेशन
जीवनयापन

धन्यवाद दिने अवसर खोजौँ

धन्यवाद दिने पनि एउटा कला हो । साधारण व्यक्तिले स्पष्ट कारण भएमात्र धन्यवाद दिन्छन् । बुद्धिमान व्यक्तिले त्यसै पनि धन्यवाद दिन्छन् । झट्ट हेर्दा अति सरल देखिने धन्यवादले दीर्घकालीन रुपमा धेरै फाइदा दिन्छ । अरुलाई धन्यवाद दिँदा मनैदेखि दिनुपर्छ, देखावटी धन्यवाद मानिसहरूले थाहा पाइहाल्छन् । व्यक्तितर्फ हेरी स्पष्ट नाम उच्चारण गरेर धन्यवाद दिनुपर्छ, स्वर सानो हुनु हुँदैन । मैले धन्यवाद दिँदा म भित्रैदेखि खुसी थिएँ भन्ने कुरा सुन्ने व्यक्तिले महसुस गर्नुपर्छ । धन्यवाद दिने अवसर खोजौं । सानोभन्दा सानो काममा पनि धन्यवाद दिने बानी बसालौं । साभारः ‘उत्तम ज्ञान’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै