नेभिगेशन
जीवनयापन

चाणक्यका केही अमर वाणीहरु

१. बुद्धिमान मानिसले बारम्बार यो विचार गर्नु पर्छ कि मेरा मित्र कति छन्, मेरो समय कस्तो छ— शुभ वा अशुभ छ, यदि अशुभ छ भने कसरी शुभ बनाउन सकिन्छ, मेरो वासस्थान कस्तो छ, सुखद्, अनुकूल वा प्रतिकूल– मेरो आय कति छ र व्यय कति छ, म को हुँ ? आत्मा वा शरीर हुँ, स्वाधीन वा पराधीन छु, तथा मेरो शक्ति कति छ ? २. धर्मानुष्ठान, यज्ञ, धर्मशाला, तीर्थाटन, मन्दिर निर्माण, पूजा आदिका लागि धन अनिवार्य हुन्छ । अभ्यास विना विद्या पनि टिक्दैन । राजाले आफ्नो मृदु स्वभावले नै प्रजालाई आफ्नो अनुकूल बनाउँछन् र कुलकी नारीले नै घरको मर्यादा कायम राख्छिन् । अतः यी कुरामा ध्यान दिनु अत्यावश्यक छ । ३. मूर्खताको वशीभूत भएर नै मानिसले प्राप्त ज्ञानलाई व्यर्थ ठान्दछन्, जबकि कुनै पनि ज्ञान व्यर्थ हुँदैन । यस्तो तिनीहरुले नै ठान्दछन् जो वेदमा निहीत ज्ञानको मर्म बुझ्न सक्दैनन् । जसलाई शास्त्रको विश्लेषण गर्न आउँदैन । ४. जीवन र मृत्यु, कर्मको भोग, नरकको वास र परमशक्तिको सान्निध्य मनुष्य एक्लै प्राप्त गर्दछ । कोही उसका साथमा न आउँछ न जान्छ । सबै भाइ–बन्धु यहीँ छुट्छन् । ऊ एक्लै आउँछ र जान्छ । यही जीवनचक्र हो, जो शाश्वत छ सनातन छ । ५. भाग्यमा भए भन्दा बढी केही पाइन्न । भाग्यले नै श्रेष्ठ पत्नी, मिठो भोजन, विपुल सम्पत्ति प्राप्त हुन्छ । यी वस्तु जति र जस्तो पाइन्छ त्यसैमा सन्तोष गर्नुपर्छ । ६. विद्या संग्रहको कुनै सीमा हुँदैन । साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै