नेभिगेशन
जीवनयापन

स्रोत नखुलेको साढे सात लाख रुपैयाँसहित वीरगञ्जबाट एक जना पक्राउ

वीरगञ्ज – पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ। प्रहरीले स्रोत नखुलेको रकमसहित पर्सा पोखरिया नगरपालिका–९ बैरिया विर्ता बस्ने महम्द रिजवान आलमलाई पक्राउ गरेको हो। सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्जको श्रीराम सिनेमा हल पछाडिबाट चेकजाँच गर्नेक्रममा आलमलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो। प्रदेश २–३–०१२ प २०४६ नम्बरको मोटरसाइकलमा सवार आलमले लगाएको जिन्सपाइन्टको खल्तीमा लुकाइछिपाइ राखेको श्रोत नखुलेको  ७ लाख ५३ हजार तीन सय रुपैयाँ बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए। पक्राउ परेका आलमविरुद्ध थप अनुसन्धान भइरहेको गिरीले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै