नेभिगेशन
जीवनयापन

बर्दिवासमा बस दुर्घटना हुँदा १५ घाइते

बर्दिबास– महोत्तरीको बर्दिवास नगरपालिका – ५ बेलगाछीस्थित पूर्वपश्चिम लोकमार्गको जंगली क्षेत्रमा आइतबार मध्यराततिर सवारी दुर्घटना हुँदा ५ महिलासहित १५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये धरान ११ का ईन्द्रा तामाङ्गलाई काठमाडौँ रेफर गरिएको बर्दिवासस्थित शुभ स्वास्तिक अस्पतालले जनाएको छ । उनको दाहिने हात र खुट्टामा गम्भीर चोट लागेको छ । धरानबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस लोकमार्गको दायाँतिर करिव १० फिट तल खसेर दुर्घटना भएको थियो । जीर्ण सडकका कारण बस अनियन्त्रित भएर पल्टेको जिल्ला ट्राफिक कार्यालय बर्दिवासको प्रारम्भिक अनुमान छ । ट्राफिक प्रमुख उदय सिंह सिंजापतिका अनुसार जीर्ण सडक मर्मत नहुँदा उक्त क्षेत्रमा बारम्बार दुर्घटना हुने गरेको छ । दुर्घटनालगत्तै हेटौंडा – १३ निवासी बसचालक जीतबहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै