रंगिदैँछन् विश्वकर्मा र दुर्गा भवानीहरु (फोटोफिचर)
काठमाडौँ– आँउदो असोज १ गते मनाइने विश्वकर्मा पूजाको लागि सयौँको सङ्ख्यामा बाबा विश्वकर्माका मूर्ति तयार भइरहेको छ ।
त्यस्तै, कति बन्ने अवस्थामा रहेका छन् । एउटा मूर्ति तयार हुन बढीमा ७ दिन लाग्ने गर्दछ । मूर्ति कारखानामा विश्वकर्माका साथै वडा दसैँलाई लक्षित गरी दुर्गा भवानीको मूर्ति समेत बन्ने तयारीमा रहेको छ ।
बिकाउले चाडबाड अनुसार हरेक भगवानको मूर्ति बनाउँदै आएका छन् ।
विश्वकर्मा पूजालाई विश्वकर्माको, दसैँलाई दुर्गाको, सरस्वती पूजालाई सरस्वतीको लगायतका मूर्ति बनाउनु उनको पेशा हो । १५ वर्षको हुँदादेखि नै यो पेशामा लागेका बिकाउको पुर्खौली पेशा नै यही हो ।
अहिले कुपण्डोलको गुसिंगाल चोकमा उनको मूर्ति बनाउने कारखाना रहेको छ भने करिब २२ वर्षदेखि काठमाडौँमा आएर यो पेशा गरेको उनले बताए । मूर्तिमा अहिले रंग तथा गहना अनि वस्त्र लगाउने कार्य भैरहेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०२
प्रतिक्रिया दिनुहोस्