Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्सेको ओरालो यात्रा रोकिएन

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ– कारोबारको दोस्रो दिन सोमबार आज दोहोरो अंकले घटेको छ । आज नेप्से १३.५९ अंकले घटेर एक हजार ९१२.६९ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ११.४७ अंकले घटेर एक हजार ९२६.२८ विन्दुमा बन्द भएको थियो । आज नेप्सेमा ८३ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ७४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये २८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । युनाइटेड इदीमार्दी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ४.१७ प्रतिशतले बढेर प्रतिकित्ता ५५० रुपैयाँ पुगेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ४ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०२
प्रतिक्रिया दिनुहोस्