Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजना हुने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले आगामी असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा ‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । नाडा अटोमोबाइल एशोसिएशनले सोमबार पत्रकार सम्मेलन गरी ‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजनाबारे जानकारी गराएको हो । नाडाले नेपालमा पहिलो पटक विद्युतीय सवारीसाधनको एक्स्पो गर्न लागेको छ । नाडा ईभी एक्स्पोमा नेपालमा उपलब्ध सबैजसो विद्युतीय सवारीसाधन र तिनका पार्टपूर्जाबारे सम्पूर्ण रुपमा जानकारीसमेत लिन सकिने नाडाले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै नाडा इभी एक्स्पोका सभापति अनुपकुमार बरालले एक्स्पोमा ५१ वटा स्टल रहने बताए । उनले एक्स्पोमा इभीका ७ ब्राण्डका चार पाङ्ग्रे, १६ ब्राण्डका दुई पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे तथा ३ ब्राण्डका टायरहरुको प्रदर्शनीमा राखिने बताए । उनले सावारी साधनबाहेक अन्य बैंक तथा वित्तीय संस्थाका स्टल पनि राखिने बताउनु भयो । बरालले एक्स्पोमा विद्युतीय सवारीसाधन किन्दा पाइने कर्जा सुविधा, किस्ता, ब्याजदर लगायतका विषयमा वित्तीय संस्थाहरुले जानकारी गराइने पनि बताए । पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रुव थापाले नेपालमै पहिलो पटक विद्युतीय सवारीको प्रदर्शनी हुन लागेको बताए । उनले नाडा इभी आटो एक्स्पोमा प्रवेश गर्न चाहनेलाई प्रि टिकेट बुकिङ खुला गरिएको बताए । अध्यक्ष थापाले अहिलेको आवश्यकताले इभी गाडीको एक्स्पो गर्नुपर्ने भएकाले नाडा त्यही अनुसार अगाडि बढेको बताए । उनले नाडाले नाडा अटो सो गर्ने सबै प्रक्रिया पूरा गरेपनि सरकारले सवारी साधन आयात खुला नगरेको कारण अन्तिम समयमा रोकिएको बताए । उनले अहिले नेपालको अटो उद्योग नै धरासायी र कठिन मोडमा पुग्ने अवस्थामा पुगेको बताए। अध्यक्ष थापाले धरासायी बन्न लागेको अटो मोवाईल क्षेत्रलाई चलायमान बनाउनको लागि इभी एक्स्पो गर्न लागेको बताए। उनले अहिले नेपालमा विद्युतीय सवारी साधनको अत्याधिक माग रहेको बताए । उनले अटो व्यवसायीहरुले माग अनुसार विद्युतीय सवारी साधन दिन नसकेको बताए । उनले अहिले सवारी साधनको आयातमा १० प्रतिशत विद्युतीय सवारी साधनले ओगटेको बताए । अध्यक्ष थापाले अबको पाँच वर्षपछि नेपालमा ५० प्रतिशत विद्युतीय सवारी साधनको बजार हुने बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२३
प्रतिक्रिया दिनुहोस्