नेभिगेशन
जीवनयापन

नेपालले पाकिस्तानलाई दुई करोड रुपियाँ सहायता दिने

काठमाडौँ– सरकारले मित्रराष्ट्र पाकिस्तानलाई दुई करोड रुपियाँ बराबरको राहत सामग्री प्रदान गर्ने भएको छ । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गर्नुहुँदै पाकिस्तानमा आएको बाढीबाट धनजनको ठूलो क्षति भएकोप्रति दु:ख व्यक्त गर्दै भदौ २१ गतेको मन्त्रिपरिषद्को बैठकमा सो सहायता दिने निर्णय भएको जानकारी दिए । यसैगरी, मन्त्रालयले भदौ २४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम संयुक्त अधिराज्यका महारानी एलिजावेथ द्वितीयाको निधन र उनको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म तीन दिन राष्ट्रिय शोक मनाउने भनिएकोमा सो मिति आज समाप्त भएको जानकारी पनि गराएको छ । महारानी स्वर्गीय एलिजावेथको सम्मानमा नेपालभरका सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने समय आजको कार्यालय समयपछि समाप्त भएको मन्त्रालयले जनाएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै