धेरै गुलियो खाएपछि शरीर सुस्त भएको महशुस गर्नुभएको छ ?
हरेक मानिसलाई फरक–फरक स्वाद मनपर्छ । कसैलाई अमिलो, कसैलाई गुलियो त कसैलाई नुनिलो मनपर्छ । तर हरेक स्वाद एक सीमासम्ममात्र ठीक हुन्छ, नत्र यसले शरीरमा हानी पु¥याउन थाल्छ । अझ तपाई गुलियो स्वादको पारखी हुनुहुन्छ भने सावधान । अत्याधिक मात्रा गुलियो सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।
तपाईले कुनै दिन धेरै गुलियो खाएपछि अल्छी लागेको अनुभव गर्नुभएको छ ? खासमा गुलियो पदार्थको अत्याधिक सेवन गर्दा शरीर सुस्त हुने गर्दछ । चिकित्सकका अनुसार धेरै गुलियो खाँदा यसले शरीरमा असर पुर्याउँछ । जसले मानिसको मस्तिष्कको काम गर्ने क्षमतालाई गलाउँछ ।
अत्याधिक गुलियो खाने मानिसले आफ्नो ध्यान तथा कुनै स्थितिमा पुर्ण प्रतिक्रिया जनाउन सक्दैनन् । तर फलफूलमा भएको प्राकृतिक चिनी खाने मानिसमा भने यस्तो असर कम हुन्छ । अध्ययनअनुसार ग्लुकोजसँग सम्बन्ध राख्ने चिनीको मात्रा अधिक हुँदा चिनीको सेवन पश्चात व्यक्तिको सतर्कतामा कमी आउँछ । केही समयअघि ग्लुकोजको सेवनले शरीर र मस्तिष्क उर्जा दिने र ताजा राख्ने मानिन्थ्यो । तर ग्लुकोज होस् अन्य वस्तु कुनै पनि वस्तुसँग चिनीको मात्रा मिलाएर खादा यसले नकारात्मक असर पुर्याउँछ ।
चिनीको अत्याधिक सेवनले मधुमेह, उच्च रक्तचाप, हृदयघात हुन सक्छ । त्यसैले अत्याधिक गुलियो सेवन गर्नुपूर्व सावधान । तर चिनी खानै हुँदैन भन्ने चाहिँ होइन ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:१३
प्रतिक्रिया दिनुहोस्