नेभिगेशन
जीवनयापन

प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत र्‍यान्डी बेरीबीच जंगी अड्डामा भटवार्ता भएको छ । प्रधान सेनापति र राजदूत बेरीबीच प्रधान सेनापति शर्माको कार्यकक्षमा भेटवार्ता भएको हो । राजदूत बेरीले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा उक्त भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ । उक्त भेटवार्तामा प्रधान सेनापति शर्माले राजदूतले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना दिएका थिए । यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै