नेभिगेशन
जीवनयापन

टम मोनाहनको सफलता

अमेरिकाकै दोस्रो ठूलो पिज्जा चेन डोमिनोजका संस्थापक र डेट्राइट टाइगरका मालिक टम मोनाहन अशिक्षित र गरीब थिए । जब उनी ४ वर्षका थिए, त्यसै बेला उनका पिताको मृत्यु भयो । त्यसपछि उनी अनाथालयमा रहनुपर्‍याे । गरिब मोनाहनले ऋण लिएर डोमिनोज खोले । शुरु–शुरुमा उनले घाटो व्यहोर्नु पर्‍याे । यो कुरा थाहा पाएर तपाईंलाई अचम्म लाग्ला कि त्यस समयमा उनीमाथि सयभन्दा बढी मुद्दा चलिरहेको थियो र उनले १५ सय ऋण दाताका १५ लाख डलर ऋण तिर्नुपरेको थियो । डोमिनोजलाई बैंकले कब्जा गरेपछि टम फुटपाथमा आए । उता बैंकले पनि डोमिनोज सञ्चालन गर्ने कोही सक्षम व्यक्ति पाएको थिएन । अन्तमा बैंकले टमलाई प्रति हजार २०० डलरको तलबमा जागिर दिए । भाग्यको खेल हेर्नुहोस् जो व्यक्ति कुनै समयमा पिज्जा चेनका मालिक थिए, अहिले तिनै व्यक्ति त्यहाँ नोकरी गरिरहेका थिए । मोनाहनको लक्ष्य डोमिनोज बचाउनु थियो । उनले डटेर मेहनत गरे तर १९७१ मा बैंकले डोमिनोज टाट पल्टिने अवस्थामा पुगेको घोषणा ग¥यो र टमलाई एउटा स्टोरको सट्टामा डोमिनोजको शेयर दियो । डोमिनोज पाएपछि पनि उनीमाथि लाखौँ डलरको ऋण थियो । अरु कोही भइदिएको भए आफूलाई टाट पल्टेको घोषणा गरेर त्यत्रो ऋणबाट र तत्काल मुक्त हुन सक्थ्यो तर मोनाहनले दैनिक १५ घण्टा मेहनत गरेर ९ वर्षमा सम्पूर्ण ऋण तिरे । पिज्जाको होम डेलिभरिको उनको विचारले अमेरिकाका ती बहुसंख्यक परिवारको ठूलो आवश्यकता पूरा गरिदियो, जहाँ पतिपत्नी दुवै काम गर्थे । उनले त्यो अवसरको सदुपयोग गरे जसलाई अरुले देखेनन् । साभारः ‘सफलता’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै