नेभिगेशन
जीवनयापन

जय पृथ्वीबहादुर सिंहका केही अमर वाणीहरु

१) सबैले एकै सोच राख्नु सर्वाेत्तम होला, तथापि दुई व्यक्तिले उस्तै सोच्न सक्दैनन् । २) महामानवमा अस्तित्वको त्यो चरण हो, जहाँ हरेकलाई अत्यावश्यक मानिन्छ । हरेकका भिन्नता पत्ता लाग्दछन्, अनि पारस्परिक निर्भरताको आवश्यकताद्वारा हरेकको मूल्य, महत्व र सबैको एकताले मान्यता पाउँछ । निर्जिव एकरुपता होइन ‘विविधताको एकता’ नै विश्वब्रह्माण्डको सिद्धान्त हो । ३) सहिष्णुता र पारस्परिक निर्भरताले नै एकता निम्त्याउँछ अनि समाजका विभिन्न पक्षले विविधता ल्याउँछन् । ४) बलियाको लोभ लालच र कमजोरको शोषण रोकिनै पर्छ अनि मात्र यो विश्व मानिस बस्नका लागि अति उत्तम हुन्छ । ५) सङ्गीतले कैयौँ मानिसलाई हताश हुनबाट रोकेर सन्त बनाइदिएको छ । ६) मानिसले सोचविचार गर्ने शक्ति पाएका छौँ त्यसैले केही गर्नुभन्दा पहिले राम्ररी सोच्दछौँ । हामीले मानसिक हैसियतले काम गर्नैपर्छ । परिपक्व विचार गरेर मात्र केही गर्नुपर्छ । ७) जीवन्ततामा सक्रियता हुन्छ र सक्रियतामै निष्क्रियता पन पर्छ । सर्वव्यापी चेतन तत्वको अविनाशिता भन्नु सक्रियताको समाप्ति नहुनु होइन । सर्वव्यापी चेतनतत्वले फरक फरक किसिमले कार्य गर्दछ । यसको मतलब हो सर्वव्यापी चेतन तत्वले क्रमशः सक्रियता कम गरेर सर्वव्यापी आत्मा बन्दछः अनि सर्वव्यापी मन र क्रमशः सर्वव्यापी इथर हुन्छ । भिन्न भिन्न मन र आत्मा अनेक भौतिक सांसारिक सत्तामा टुक्रिन्छ । त्यसैले हरेक मानिसमा व्यापक इथर, व्यापक विचार र व्यापक आत्मा हुन्छ । साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै