स्वर्णिमालाई ‘नेपाल किड्स आइकन’को उपाधि
काठमाडौँ– नेपाल किड्स आइकन २०२२ को विजेता स्वर्णिमा जोशी भएकी छन् । ‘सिनियर गर्ल्स’ तर्फ १४ जना प्रतिस्पर्धीलाई उछिन्दै उनी विजयी भएकी हुन् ।
एएनपी मिडिया हाउसले आयोजना गरेको उक्त प्रतियोगितामा स्वर्णिमाले शीर्ष उपाधिसहित ‘मोस्ट फोटो जेनिक’ को उपाधिसमेत आफ्नो नाममा पार्न सफल भइन्।
चार समूहमा विभाजन गरी आयोजना गरिएको यस प्रतियागितामा ६० जना अन्तिम प्रतिस्पर्धी सहभागिता रहेको थियो ।
प्रतियोगिताको ‘जुनियर गर्ल्स’ तर्फ रिया थापा, ‘टिन गर्ल्स’ तर्फ प्रसिद्धि जोशी र ‘ब्वाइज ग्रुप’ तर्फ मियोद महर्जनले उपाधि जितेका छन् ।
आयोजक लवबहादुर कार्कीले बालबालिकाको व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनका अनुसार बालबालिकालाई नैतिक शिक्षा, आत्मविश्वास तथा आम मानिस अगाडि कसरी बोल्नुपर्छ भन्ने प्रशिक्षण दिइएको थियो ।
अन्तिम प्रतिस्पर्धाका विजेतालाई ताज तथा विभिन्न पुरस्कार प्रदान गरिएको कार्कीले जानकारी दिए । सुमी बानियाँको कोरियोग्राफी रहेको यो प्रतियोगिता ११औँ संस्करण हो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १५:३०
प्रतिक्रिया दिनुहोस्