नेभिगेशन
जीवनयापन

टिकटक बनाउँदा रोल्पामा किशोरीलाई खोलाले बगायो

राेल्पा– रोल्पाको सुलिचौर दोभानमा रहेको लुङ्ग्री खोलाले सोमबार १४ वर्षीय बालीका फरीदा खातुनलाई बगाएको थियो ती बालिका आजसम्म बेपत्ता रहेकी छिन । उनको खोजिकार्य जारी रहेपनी फेला पार्न नसकिएको प्रहरीले बताएको छ । सुर्यदय मा.वि मा अध्ययन बालीका विद्यालयबाट परीक्षा सकेर घर फर्किए पश्चात् दिउसो करिब साढे ३ बजेको समयमा आफ्ना साथीहरूसँग घुमघाम गर्न खोला किनारामा पुगेर साथीहरूसँग खेल्दै टिकटक बनाउँदै गरेकी  खातुनलाई खोलाले बगाएको खातुनका साथीहरूले बताएका छन् । खातुनलाई बगाए पछि खोलामा माछा मार्दै गरेका स्थानीयलाई उनका साथीहरूले गुहार मागेर उद्धार गर्न लगाएको भएतापनी  माछा मार्न गएका व्यक्तिले उद्धार गर्ने प्रयास गर्दा नसकेपछि प्रहरीलाई खबर गरेका थिए । हिजो राती अबेरसम्म स्थानीय र प्रहरीले खोज्दा कही पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता एवम् सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । आज बिहानै देखी प्रहरी निरीक्षक प्रकाश वाग्लेको कमाण्डमा स्थानीय र प्रहरी मिलेर खोजीकार्य गरिरहेको भइरहेको छ । खोलाले बगाएर बेपत्ता भएकी फरीदा खातुनको घर कपिलबस्तु  भएको र हाल सुलिचौर बीच बजारमा बुवा आमा सँगै बस्ने गर्थिन उनका बुबा आमा कपडा पसल राखी व्यापार गर्दै आइरहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै